५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा भएको उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) मा उपचार गर्दा लागेको सम्पूर्ण खर्च आफैँले बेहार्ने हुनुभएको छ ।

राष्ट्रपतिको स्वकीय सचिवालयले मंगलबार प्रेस नोट जारी गर्दै उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल वैशाख ५ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । तर त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावअनुसार नयाँ दिल्लीस्थित एम्समा उपचार भएको थियो ।

राष्ट्रपति पौडेललाई यही वैशाख ६ गते श्री एअरलाइन्सको विमानबाट भारतको दिल्ली लगी उपचार सुरु गरिएको थियो । सरकारी खर्चबाट राष्ट्रपतिको उपचार गरिएको भन्दै व्यापक विरोध भएको थियो ।