२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा भएको उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) मा उपचार गर्दा लागेको सम्पूर्ण खर्च आफैँले बेहार्ने हुनुभएको छ ।

राष्ट्रपतिको स्वकीय सचिवालयले मंगलबार प्रेस नोट जारी गर्दै उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल वैशाख ५ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । तर त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावअनुसार नयाँ दिल्लीस्थित एम्समा उपचार भएको थियो ।

राष्ट्रपति पौडेललाई यही वैशाख ६ गते श्री एअरलाइन्सको विमानबाट भारतको दिल्ली लगी उपचार सुरु गरिएको थियो । सरकारी खर्चबाट राष्ट्रपतिको उपचार गरिएको भन्दै व्यापक विरोध भएको थियो ।