२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप बने ‘प्लेयर अफ द टुर्नामेन्ट’



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालका स्पिनर सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगितामा नेपालको लागि उत्कृष्ट बलिङ र ब्याटिङ गरेका सन्दीप ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका हुन् ।

प्रतियोगितामा सन्दीपले ५ खेलमा १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले ब्याटिङमा पनि जादु देखाउदै उनले समूहचरण खेलमा कतारविरुद्ध हारिसकेको म्याच नेपाललाई जिताएका थिए ।

सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका छन्।

यस्तै, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दले पाएका छन् ।