६ भाद्र २०८३, शनिबार
,
Latest
कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्शन झा बने ‘प्लेयर अफ द म्याच’



अ+ अ-

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध नेपालले ऐतिहासिक जित हात पारेको छ । युएईलाई ७ विकेटले पराजित गरेसँगै नेपालले सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको छ ।

नेपालको ऐतिहासिक जितमा गुल्शन झा ‘प्लेयर अफ द’ म्याच बनेका छन् । गुल्शन ३ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनमा नटआउट रहे । साथै, सोमबार भएको खेलमा उनले एक विकेट लिएका थिए । उनले युएईका बासिल हमिदलाई आउट गराएका थिए ।

सातौ ओभरको अन्तिम बलमा रोहन मुस्ताफाको हातबाट कप्तान रोहित पौडेल आउट भएसँगै २२र३ को अवस्थामा पुगेको नेपालको लागि गुल्शन र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । उनीहरुले ९२ रनको अविजित साझेदारी गरेका थिए ।

एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

 

 




भर्खरै