१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्गमा सोमबारदेखि अवरुद्ध सडक एकतर्फी खुल्यो



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङ धार्केस्थित गणेशखोलाको पुल भासिएपछि सोमबारदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङले बताएको छ ।

१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका थिए भने अधिकांश यात्रु त्यही रोकिएका छन् ।

भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ । यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन् ।