५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्गमा सोमबारदेखि अवरुद्ध सडक एकतर्फी खुल्यो



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङ धार्केस्थित गणेशखोलाको पुल भासिएपछि सोमबारदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङले बताएको छ ।

१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका थिए भने अधिकांश यात्रु त्यही रोकिएका छन् ।

भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ । यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन् ।