२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यूएईको खेल सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर लिगको फाइनलको बाँकी खेल र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको छ । हिजो वर्षाका कारण खेल रोकिएपछि आज सोही खेललाई निरन्तरता दिइएको हो । दर्शकहरु मैदानमा विहान पुगिसकेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिएको छ । हिजो टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएपछि वर्षाले खेल स्थगित भएको थियो ।

आज पनि वर्षाको उत्तिकै सम्भावना छ । यदी आज पनि वर्षाका कारण खेल हुन सकेन भने नतिजा सुपर ओभरका आधारमा निकालिनेछ । वर्षाका कारण सुपर ओभर पनि सम्भव नभएमा नेपाल ओडीआई बरियताका आधारमा स्वतः एसिया कपका लागि छनोट हुनेछ । ओडीआई बरियतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् ।