२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानका लागि सबैभन्दा ठूलो इनिङ खेल्ने यशस्वीको कथा, पानीपुरी बेच्ने केटा बने करोडपति



अ+ अ-

एजेन्सी । यशस्वी जैसवाल आईपीएल २०२३ मा उत्कृष्ट लयमा छन् । उनले नौ पारीमा ४७.५६ को औसतमा ४२८ रन बनाएका छन् । उनको स्ट्राइक रेट पनि १५९.७० रहेको छ । यो सिजन अहिलेसम्म उनले ५६ चौका र १८ छक्का प्रहार गरिसकेका छन् ।

उनी यस सिजनमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् र ओरेन्ज क्यापको शीर्ष दौडमा उनको नाममा छ । आईपीएलको १००० औं खेलमा जैसवालले मुम्बई इन्डियन्सविरुद्ध १२४ रनको इनिङ खेलेका थिए । यो राजस्थानबाट खेल्दा आईपीएलमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । यसअघि बटलरले पनि १२४ रनको इनिङ खेलेका थिए ।

राजस्थानका लागि इनिङ्स सुरु गरेका जैसवाल २० औं ओभरमा आउट भए । उनले ६२ बलको सामना गर्दै १२४ रन बनाए । यस इनिङ्समा उनको ब्याटबाट १६ चौका र आठ छक्का निस्केका थिए । उनको शानदार इनिङ्सका कारण राजस्थानको टोलीले २१२ रन बनाएको थियो । बलरले यो लक्ष्य रक्षा गर्न नसके पनि जैसवालले आफ्नो इनिङ्सले सबैको मन जितेका थिए । जैसवालको क्रिकेटर बन्ने र आईपीएल खेल्ने यात्रा पनि मन छुने खालको छ ।

मुम्बईको आजाद मैदानबाहिर गोलगाप्पा (पानीपुरी) बेचेर आइपिएलमा सेन्चुरियन बन्ने यशस्विको यात्रा रोमाञ्चक रह्यो । यशस्वी उत्तर प्रदेश भदोहीका निवासी हुन् । उनको बाल्यकाल चरम गरिबीमा बित्यो । ११ वर्षको उमेरमा यशस्वी क्रिकेटर बन्न मुम्बई पुगेका थिए । त्यहाँ उनको लागि सबै कुरा सजिलो थिएन । यशस्वीले मुम्बई जस्तो ठूलो सहरमा आफ्नो नाम कमाउनु पर्यो ।

धेरै पटक खाली पेट नै सुते यशस्वी
मुम्बईमा कमाउनको लागि आजाद मैदानमा रामलीलाको समयमा गोलगाप्पा र फलफूल बेच्ने गर्थे । उनले धेरै पटक खाली पेट सुत्नुपरेको थियो । यशस्वी डेरीमा पनि काम गर्थे । त्यहाँ एक दिन उनलाई जागिरबाट निकालियो । यस क्रममा क्लबले यशस्वीलाई सहयोगको प्रस्ताव राखे पनि राम्रो खेले मात्रै टेन्टमा बस्ने शर्त राखिएको थियो । यशस्वी टेन्टमा रोटी बनाउँथे । त्यहाँ दिउँसो र राती खाना पाइन्थ्यो ।

यशस्वीले पैसा कमाउन बल खोज्ने काम पनि गरे । आजाद मैदानमा धेरैजसो बल हराउने गथ्र्यो । यशस्वीले हराएको बललाई खोजेर पैसा पाउँथे । एक दिन प्रशिक्षक ज्वाला सिंहले यशस्वीलाई देखे । यशस्वी जस्तै ज्वाला पनि उत्तर प्रदेशका हुन् । उनले यस बायाँ हाते ब्याट्सम्यानलाई हेरचाह गरे । यशस्वी सधैं ज्वाला सिंहको प्रशंसा गर्छन् । उनले एक पटक भने, ‘म उहाँको धर्मपुत्र हुँ । मलाई यो बिन्दुमा पुर्याउन उहाँको महत्वपूर्ण भूमिका छ ।’

यशस्वीले १७ वर्षको उमेरमा युथ ओडिआईमा दोहोरो शतक बनाएर घरेलु क्रिकेटमा आतंक मच्चाएका थिए । उनले सन् २०२० को अन्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यशस्वीले एक शतक र चार अर्धशतक बनाएका थिए । उनले ६ खेलको ६ इनिङ्समा ४ सय रन बनाएका थिए । उनको औसत १३३.३३ थियो। यशस्वीले यू–१९ विश्वकपमा म्यान अफ द टुर्नामेन्टको अवार्ड पाएका थिए । उनको चारैतिर प्रशंसा भयो ।

यशस्वीलाई आईपीएल २०२० को लिलामीमा राजस्थान रोयल्सले २.४ करोड भारुमा किनेको थियो । उनले सन् २०२० मा राजस्थानका लागि तीन खेलमा ४० रन बनाएका थिए । यसपछि २०२१ मा उनले १० खेलमा २४९ रन बनाए । यशस्वीलाई २०२२ को लिलामी अघि राजस्थानले राखेको थियो । उनी टोलीबाट बाहिरिएका छैनन् । युवा खेलाडीका लागि यो ठूलो कुरा थियो । राजस्थानले उनलाई विश्वास दिलायो । उनलाई ४ करोडमा राखिएको थियो । उनले २०२२ को आईपीएलमा १० खेलमा २५८ रन बनाएका थिए ।

यो सिजन सुरुदेखि नै उत्कृष्ट लयमा रहेका उनी घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आइपिएलमा पनि शतक बनाएका छन् । उनलाई देशको भविष्यका रुपमा हेरिएको छ र आगामी दिनमा उनलाई टिम इन्डियामा पनि समावेश गर्न सकिन्छ ।