९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

एसिसी प्रिमियर कप फाइनलः आज खेल हुन नसके के हुन्छ ?

एसिसी प्रिमियर कप फाइनलः आज खेल हुन नसके के हुन्छ ?
अ अ+ अ-

काठमाडौँ । वर्षा बाधक बन्दा एसिसी पुरुष प्रिमियर कपको फाइनल खेल अवरुद्ध भइरहेको छ । लगातारको वर्षा र मौसमी अवस्था हेर्दा आज खेलको परिणाम आउने अवस्था छैन ।

टस जितेर फिल्डिङ रोजेको नेपालले युएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहेको यस खेल रोकिनुअघि युएईले २७.३ ओभरमा १०६ रन मात्रै जोड्न सकेको छ । यदि आज खेल हुन सकेन भने भोलिलाई रिजर्भ डे राखिएको छ । आज पूरा खेल हुन नसकेको खण्डमा भोलि खेल सुचारु हुनेछ ।

अर्थात् भोलि २७.४ बलबाट पहिलो इनिङको खेल सुचारु हुनेछ र युएईका कार्तिक मियप्पन र जुनैद सिद्दिकी क्रिजमा हुनेछन् । बलिङको सुरुवात नेपालका ललित राजवंशीले नै गर्नेछन् । उनले आफ्नो पाचौं ओभरको चौंथो बल फ्याकेपछि वर्षाका कारण खेल रोकिएको थियो । त्यसअघि ललितले लगातार दुई बलमा दुई विकेट लिएका थिए । उनीसँग आफ्नो ह्याट्रिक पूरा गर्दै यूएईलाई अलआउट गर्ने अवसर समेत रहनेछ ।

यद्यपि, आज मौसम खुलेर खेल हुन सक्ने अवस्था आएमा ओभर छोट्याउने र टार्गेट पनि समायोजन गर्न सकिनेछ । यदि, त्यसो हुन नसकेमा तेस्रो विकल्पको रुपमा सुपरओभरबाट पनि खेलको नतिजा छिनोफानो लाग्नेछ । क्यानका अनुसार खेल अनिर्णित भएमा दुईवटा सुपरओभर हुन सक्नेछ । जसमा दुवै टिमले एक–ओभर बलिङ र ब्याटिङ गर्न पाउँछन् । जसले बढी रन बनाउँछ उही विजेता बन्छ । यदि, सुपर ओभरमा खेल गएमा हाल कमजोर अवस्थामा रहेको युएईले शून्यबाटै अवसर पाउनेछ ।

भोलि पनि वर्षा हुने मौसम विभागले जनाएको छ । तसर्थ, सुपर ओभर पनि सम्भव नभएमा नेपाल एसिया कपका लागि छनोट हुन्छ । विश्व एकदिवसीय वरियताका आधारमा नेपाल छनोट हुनेछ । ओडीआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् ।