२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.03

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहायक श्रीमान’ ले जापान र क्यानडामा जित्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड



अ+ अ-

काठमाडौँ । गणेश पाण्डेको निर्देशन रहेको डकुमेन्ट्री ‘सहायक श्रीमान् (को–हजबेन्ड) ले जापान र क्यानाडामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको छ ।

जापानको पाँचौँ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा बहुपति प्रथामा आधारित उक्त डकुमेन्ट्रीले अवार्डसहित एक लाख अमेरिकी डलरसमेत पनि जितेको छ। उक्त जानकारी निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत दिएका हुन्।

सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै निर्देशक पाण्डेले उत्कृष्ट अवार्ड जितेकोमा खुसी व्यक्त गरेका छन्। उनका अनुसार यसअघि पनि फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।