१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका दुई तर्फी सुचारु



अ+ अ-

तातोपानी । सिन्धुपाल्चोकमा रहेको व्यापारिक तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुइतर्फी आयात निर्यात सुरु भएको हो ।

सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएबमोजिम नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो ।

यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी रुपमा तातोपानी नाका सञ्चालनमा थियो । अहिले भने नेपालबाट पनि चीनतर्फ निर्यात गर्न सकिने गरी नाका खुला गरिएको हो ।

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमतिअनुसार अनुसार तातोपानी नाकाबाट भूकम्पअघिकै अवस्थामा दुईतर्फी व्यापार र नागरिकको आवतजावत सूचारु हुने भनिए पनि दुवैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन समय लाग्ने भएको छ ।

सोमबार मजदुर दिवस परेको र चीनमा दिवसका अवसरमा पाँच दिन बिदा परेकाले र नेपालतर्फको अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानव आवतजावतका लागि अझ केही समय लाग्ने बताइएको छ ।