२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यलयमा साईकललाई प्रवेश निषेध



अ+ अ-

काठमाडौं । मंगलबार बिहान काठमाडौ उपत्यका पानी परिहेको थियो । बिश्व साईकल यात्री पुष्कर शाह राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद डिपी अर्यालको निम्तामा चियागफमा लागि रास्वपा कार्यालयअर्थात घन्टीघर बसुन्धरामा पुगे ।

खुल्ला रहेको गेट भित्र साईकलको घन्टी बजाउदै शाह पार्टी कार्यलय प्रवेश गर्न खोजे तर सुरक्षागार्डले मोटर र मोटरसाईकललाई मात्र प्रवेश रहेको भन्दै साईकललाई प्रबेश दिएनन् ।

झरीमा रुझ्दै साहले निम्ता दिने अर्याललाई फोन गरे फोन रिसिभ भएन । त्यस पछि उनी झ्याक्ने साइकले जिन्नगी फलाक्दै फर्किए ।

अनि शाहले लेखे

‘घन्टी घरको कथा ‘
माननीय डि पि अर्याल  राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी ।