३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यलयमा साईकललाई प्रवेश निषेध



अ+ अ-

काठमाडौं । मंगलबार बिहान काठमाडौ उपत्यका पानी परिहेको थियो । बिश्व साईकल यात्री पुष्कर शाह राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद डिपी अर्यालको निम्तामा चियागफमा लागि रास्वपा कार्यालयअर्थात घन्टीघर बसुन्धरामा पुगे ।

खुल्ला रहेको गेट भित्र साईकलको घन्टी बजाउदै शाह पार्टी कार्यलय प्रवेश गर्न खोजे तर सुरक्षागार्डले मोटर र मोटरसाईकललाई मात्र प्रवेश रहेको भन्दै साईकललाई प्रबेश दिएनन् ।

झरीमा रुझ्दै साहले निम्ता दिने अर्याललाई फोन गरे फोन रिसिभ भएन । त्यस पछि उनी झ्याक्ने साइकले जिन्नगी फलाक्दै फर्किए ।

अनि शाहले लेखे

‘घन्टी घरको कथा ‘
माननीय डि पि अर्याल  राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी ।