२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप फाइनलः वर्षाका कारण टियुमा खेल रोकियो



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो । टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ भने युएई ब्याटिङमा छ । युएई १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रनको स्थितीमा छ ।

आजको खेलमा युएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेमा नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

वर्षाका कारण आजको खेल अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङको खेल २० ओभरसम्म भए डकवर्थ लुईस पद्धति (डिएलएस)बाट खेलको नतिजा लिइनेछ । त्यो पनि सम्भव नभएमा सुपर ओभर गर्ने समय रहे सुपर ओभरबाट नतिजाको छिनोफानो लगाइनेछ । पहिलो सुपर ओभर टाई भए , दोस्रो सुपर ओभर हुनेछ । यदि त्यो पनि टाई भए, एकदिवसीय वरियतामा अगाडि रहेको टिमले एसिया कपमा स्थान बनाउनेछ ।