३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपत्कालीन नदी नियन्त्रण गर्न आयोजना असमर्थ



अ+ अ-

सप्तरी । मनसुन शुरु हुन लागेका बेला खाँडो नदी व्यवस्थापन आयोजना राजविराजले आपत्कालीन नदी नियन्त्रणकार्य गर्न असमर्थ रहेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रममा आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट नछुट्याएकाले आयोजनाले आपत्कालीन नियन्त्रणका कार्य गर्न असमर्थ रहेको भन्दै सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

आयोजनाका कार्यालय प्रमुख रेवाकान्त यादवले आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट कटौती भएकाले बाढीजन्य विपद् व्यवस्थापन कार्य गर्न असमर्थ रहेको बताउनुभयो । उहाँले बजेट व्यवस्थापन कार्यमा आवश्यक सहयोग गरिदिन र बजेट व्यवस्थापन नहुञ्जेल आ–आफ्नो क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट आपत्कालीन नियन्त्रणकार्य गर्न÷गराउनसमेत आग्रह गर्नुभएको छ । जलवायु तथा मौसम विज्ञान विभागले अन्य वर्षभन्दा यस वर्ष बढी वर्षा हुने र लामो समय रहने जनाउँदै आएको छ । विगत वर्षभन्दा यस वर्षको स्थिति झनै जटिल हुने देखिएको भन्दै आयोजनाले बाढीजन्य प्रकोपबाट सम्बन्धित निकायले समयमै सतर्कता अपनाउन आवश्यक रहेको बताएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित रुपनी हुँदै तिलाठी कोइलाडी गाउँपालिका भएर बग्ने खाँडो नदीको बाढीले रुपनी, बसबिट्टी, राजविराज, तिलाठी, लौनिया, सकरपुरा, कोइलाडीलगायतका गाउँ प्रभावित हुँदै आएको छ । हरेक वर्ष खाँडो नदीको बाढीले नदी किनार कटान गरी जग्गा बगरमा परिणत गर्ने तथा नदी किनारका गाउँबस्ती र बजार प्रवेश गरी ठूलो धनजनको क्षति गर्दै आएको छ । असारदेखि भदौ महिनासम्म हुने भारी वर्षाका कारण खाँडो नदीमा आउने बाढीले सो समयमा गाउँबस्ती डुबानमा पर्दा सयौँ नागरिक विस्थापन हुने गरेका छन् । यस सम्बन्धमा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीमा समेत छलफल भएको छ ।