• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

लिभरपुलले टोटेनहमलाई ४–३ ले हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई ४–३ गोलले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले १५ मिनेट भित्रै तीन गोलको अग्रता बनाएको थियो ।

खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । पाँचौं मिनेटमा लुइस डियाजले गोल थप्दै लिभरपुलको अग्रता दोब्बर पारे । १५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए ।

३९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १–३ को स्थितीमा ल्याए । ७७ औं मिनेटमा सन हेउगं मिनले तथा इन्जुरी समयको ९०+३ मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटेनहमलाई ३–३ को बराबरीमा ल्याए । तर इन्जुरी समयमा नै ९०+४ मिनेटमा डिओगो जोटाले गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाए ।

यो नतिजासँगै ३३ खेलबाट ५६ अंकका साथ लिभरपुल तालिकाको पाँचौं स्थानमा रहँदा एक खेल बढी खेलेको टोटेनहम ५४ अंकका साथ छैटौं स्थानमा छ ।