• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति सम्पन्न खेलमा फुलहमलाई २–१ गोलले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्ड र युलियन अल्भारेजले एक–एक गोल गरे । फुलहमका कार्लोस भिनिसियसको गोल सान्त्वना गोल हुन पुग्यो ।

खेलको तेस्रो मिनेटमा नै हालाण्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा भिनिसियसले गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए । ३६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र जित सिटीको भयो ।

३२ खेलबाट ७६ अंकका साथ सिटी तालिकाको शीर्षस्थानमा उक्लियो । दोस्रो स्थानको आर्सनलको ३३ खेलबाट ७५ अंक छ ।

फुलहम ३३ खेलबाट ४५ अंकका साथ १० औं स्थानमा छ ।