६ भाद्र २०८३, शनिबार
,
Latest
अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति सम्पन्न खेलमा फुलहमलाई २–१ गोलले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्ड र युलियन अल्भारेजले एक–एक गोल गरे । फुलहमका कार्लोस भिनिसियसको गोल सान्त्वना गोल हुन पुग्यो ।

खेलको तेस्रो मिनेटमा नै हालाण्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा भिनिसियसले गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए । ३६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र जित सिटीको भयो ।

३२ खेलबाट ७६ अंकका साथ सिटी तालिकाको शीर्षस्थानमा उक्लियो । दोस्रो स्थानको आर्सनलको ३३ खेलबाट ७५ अंक छ ।

फुलहम ३३ खेलबाट ४५ अंकका साथ १० औं स्थानमा छ ।




भर्खरै