२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बलमा तीन रन चाहिएको अवस्थामा चेन्नईविरुद्ध पञ्जावको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४१ औं खेलमा पञ्जाव किंग्सले रोमाञ्चक जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा पञ्जावले चेन्नई सुपर किंग्सलाई चार विकेटले पराजित गरेको हो । २०१ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ६ विकेटको क्षतिमा (शून्य बल बाँकी रहँदा) लक्ष्य पूरा गर्यो । पञ्जावलाई अन्तिम एक बलमा तीन रन आवश्यक थियो । शिकन्दर रजा र शाहरुख खान क्रिजमा थिए ।

रजाले अन्तिम बलमा बाउन्ड्रीतर्फ प्रहार गरेका थिए । बल चौका हुन लागिरहेको थियो । चेन्नईका रविन्द्र जडेजाले चौका हुन दिएनन् । तर रजा र शाहरुखले तीन रन लिएर खेल पञ्जावलाई जिताए ।

पञ्जावका लागि प्रभ्सीमरन सिंह (२४ बलमा ४२) लियाम लिभिङ्स्टन (२४ बलमा ४०), साम करण (२० बलमा २९), शिखर धवन (१५ बलमा २८), जितेश शर्माले (१० बलमा २१ रन) जोडे । यस्तै, शिकन्दर रजा ७ बलमा १३ रनमा तथा शाहरुख खान ३ बलमा २ रनमा अविजित रहे ।

पञ्जावका तुषार देशपाण्डेले तीन, रविन्द्र जडेजाले दुई तथा मथिसा पथिरानाले एक विकेट लिए ।

त्यसअघि चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २०० रन जोडेको थियो ।

चेन्नईका लागि डेभोन कोनवे ५२ बलमा ९२ रनसहित अविजित रहे । उनले १६ चौका र १ छक्का प्रहार गरे । यस्तै, ऋतुराज गायकवणले ३१ बलमा ३७, शिवम दुबेले १७ बलमा २८ रन जोड्दा महेन्द्र सिंह धोनीले ४ बलमा १३ रन जोडे । धोनीले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै चेन्नईको स्कोर २०० पुर्याए ।

बलिङतर्फ पञ्जावका अर्शदीप सिंह, साम करण, सिकन्दर राजा र राहुल चाहरले एक–एक विकेट लिए ।