६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बलमा तीन रन चाहिएको अवस्थामा चेन्नईविरुद्ध पञ्जावको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४१ औं खेलमा पञ्जाव किंग्सले रोमाञ्चक जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा पञ्जावले चेन्नई सुपर किंग्सलाई चार विकेटले पराजित गरेको हो । २०१ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ६ विकेटको क्षतिमा (शून्य बल बाँकी रहँदा) लक्ष्य पूरा गर्यो । पञ्जावलाई अन्तिम एक बलमा तीन रन आवश्यक थियो । शिकन्दर रजा र शाहरुख खान क्रिजमा थिए ।

रजाले अन्तिम बलमा बाउन्ड्रीतर्फ प्रहार गरेका थिए । बल चौका हुन लागिरहेको थियो । चेन्नईका रविन्द्र जडेजाले चौका हुन दिएनन् । तर रजा र शाहरुखले तीन रन लिएर खेल पञ्जावलाई जिताए ।

पञ्जावका लागि प्रभ्सीमरन सिंह (२४ बलमा ४२) लियाम लिभिङ्स्टन (२४ बलमा ४०), साम करण (२० बलमा २९), शिखर धवन (१५ बलमा २८), जितेश शर्माले (१० बलमा २१ रन) जोडे । यस्तै, शिकन्दर रजा ७ बलमा १३ रनमा तथा शाहरुख खान ३ बलमा २ रनमा अविजित रहे ।

पञ्जावका तुषार देशपाण्डेले तीन, रविन्द्र जडेजाले दुई तथा मथिसा पथिरानाले एक विकेट लिए ।

त्यसअघि चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २०० रन जोडेको थियो ।

चेन्नईका लागि डेभोन कोनवे ५२ बलमा ९२ रनसहित अविजित रहे । उनले १६ चौका र १ छक्का प्रहार गरे । यस्तै, ऋतुराज गायकवणले ३१ बलमा ३७, शिवम दुबेले १७ बलमा २८ रन जोड्दा महेन्द्र सिंह धोनीले ४ बलमा १३ रन जोडे । धोनीले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै चेन्नईको स्कोर २०० पुर्याए ।

बलिङतर्फ पञ्जावका अर्शदीप सिंह, साम करण, सिकन्दर राजा र राहुल चाहरले एक–एक विकेट लिए ।