२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छः प्रमुख सचेतक लेखक



अ+ अ-

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताउनुभएको छ ।

करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन गर्दै प्रमुख सचेतक लेखकले विगतमा सरकारले निर्णय नगर्दा करिडोरअन्तर्गत रुख कटान आदेश र अन्य प्रक्रियागत कारणले ढिलाइ भएको बताउनुभयो ।

“अहिलेको सरकारले करिडोरअन्तर्गत पर्ने कञ्चनपुरदेखि दार्चुलासम्मको रुख कटान आदेश दिएर काम अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “वर्ष डेढ वर्षभित्रमा करिडोरको ट्र्याक खुलेर कालोपत्र गर्ने चरणमा जान्छ ।”

रुख कटानको अनुमति नमिल्दा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्मको पहिलो प्याकेजको काम ठेक्का भएको करिब डेढ वर्षदेखि प्रभावित थियो ।

“आउँदो दशैँसम्म यही ट्र्याकबाट जोगबुढा पुग्ने गरी काम गर्ने भनिएको छ”, उहाँले भन्नुभयो, “अब माथिका जिल्लाहरूमा पनि रुख कटान आदेश आइसकेकाले अब निर्माण प्रभावित हुँदैन ।”

नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्र्याक खुलेको छ ।

महाकाली करिडोर दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले करिडोरको काम द्रुत गतिमा अघि बढेको जानकारी दिनुभयो । उहाँले कञ्चनपुरसँगै बैतडी र दार्चुलामा करिडोरको ट्र्याक खोल्नका लागि रुख कटानको अनुमति आइसकेको जानकारी दिनुभयो ।

करिडोरअन्तर्गत चार सय २५ किलोमिटर ट्र्याकमध्ये केही भाग नेपाली सेनाले खोलिरहेको छ । करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालगायतको सहभागिता रहेको थियो । रासस