६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा फेरि भीषण युद्ध, अन्नपानीको अभावमा जनजीवन अस्तव्यस्त



अ+ अ-

खार्तुम । सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ ।

सुडानी सेनाले विपक्षी अर्धसैनिक बल आरएसएफलाई चारै दिशाबाट आक्रमण गरिरहेको बताएको छ । युद्धका कारण घरमै फसेका हजारौँ सुडानी अन्नपानीको अभावमा छटपटाइ रहेका छन् । युद्धकै बीचमा जोखिम मोलेर विदेशी नागरिकलाई भने सम्बन्धित देशका सरकारले सुरक्षित स्थानतर्फ लगिरहेका छन् ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

आरएसएफलाई सेनामा समाहित गर्ने विषयमा सेना प्रमुख अब्देल फताह अल बुरहान र आरएसएफ प्रमुख मोहम्मद हमदान डगालोबीचको मतभिन्नता निरुपण नहुँदा समस्या बल्झेको विश्लेषकले बताएका छन् ।

पन्ध्र दिनअघि शुरु युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दु्ई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।

आठ वटा अफ्रिकी मुलुकका साथै अमेरिका, बेलायत र संयुक्त राष्ट्रसङ्घको ७२ घण्टा पुनःयुद्धविराम गराउने गहन कूटनीतिक प्रयास गत बिहीबार सफल भएको र द्वन्द्वरत पक्षले त्यसलाई पालना गर्ने बताएका थिए तर उक्त सहमति पूर्णरुपले पालना नभएकामा अन्तरराष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

युद्धबाट सुडानका १८ मध्ये १२ वटा राज्य प्रभावित भएका छन् । डार्फुर र राजधानी खार्तुम अधिक प्रभावित भएका छन् । राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले युद्ध जारी रहेमा एक करोड ५० लाख सुडानी भोकमरीको चपेटामा पर्ने चेतावनी दिएको छ । रासस