• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

चेन्नई र पञ्जाव भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा आज फेरि दोहोरो हेडर खेल हुँदैछ । पहिलो खेल चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच हुनेछ । यी दुई टोलीबीचको खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा हुनेछ ।

खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । चेन्नईको घरेलु मैदान चेपौकमा हालसम्म खेलिएका ६ खेलमध्ये पञ्जावले दुई खेल मात्रै जितेको छ । चेन्नईले चार खेलमा जित हात पारेको छ ।

दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा दुवै टोलीले हार बेहोरेका थिए । चेन्नई राजस्थान रोयल्ससँग ३२ रनले पराजित भएको थियो भने पञ्जावलाई लखनउ सुपर जाइन्ट्सले ५६ रनले हराएको थियो । यस्तै, आजको दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुँदैछन् ।

चेन्नई सुपर किंग्सले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले पाँच जित र तीन खेलमा हार बेहोरेको छ । चेन्नईले आफ्नो पछिल्लो खेल राजस्थान रोयल्ससँग हारेको थियो । सीएसके १० अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।

डेभोन कोनवे, मोइन अली, मथिशा पाथिराना र महिश तिक्षाना पञ्जावविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड र तुषार देशपाण्डे जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

पञ्जाव किंग्सले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले चार जित र चार खेलमा हार बेहोरेको छ । पछिल्लो खेलमा पीबीकेएस लखनउसँग पराजित भएको थियो । पञ्जाव ८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी सिकन्दर राजा, लियाम लिभिङस्टोन, साम करण र कागिसो रबाडा हुन सक्छन् । यी बाहेक शिखर धवन, अर्शदीप सिंह र शाहरुख खानजस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

चेन्नई र पञ्जावबीच अहिलेसम्म कुल २७ खेल खेलिएको छ र यसमा चेन्नईको अग्रता छ । अहिलेसम्म खेलेका खेलमध्ये चेन्नईले १५ खेल जितेको छ भने पञ्जावले १२ खेल जितेको छ ।

चेपौक स्टेडियमको पिचमा स्पिन बलरको प्रभुत्व रहेको छ भने ब्याट्सम्यानलाई यो पिचमा रन बनाउन निकै गाह्रो हुन्छ ।

आइतबार चेन्नईमा मौसम राम्रो हुनेछैन । बादल लाग्नेछ, वर्षाको सम्भावना छ । तापक्रम २७ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तानर विकेटकिपर), ऋतुराज गायकवाड, डेभोन कोनवे, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, मथिशा पाथिराना, तुषार देशपाण्डे, आकाश सिंह र महिश तिक्षाना ।

पञ्जाव किंग्सः शिखर धवन (कप्तान), अथर्व तायडे, सिकन्दर राजा, लियाम लिभिङस्टोन, साम करण, जितेश शर्मा (विकेटकिपर), शाहरुख खान, कागिसो रबाडा, राहुल चाहर, गुरनूर ब्रार र अर्शदीप सिंह ।

अंकतालिकाः