९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

चेन्नई र पञ्जाव भिड्दै

चेन्नई र पञ्जाव भिड्दै
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा आज फेरि दोहोरो हेडर खेल हुँदैछ । पहिलो खेल चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच हुनेछ । यी दुई टोलीबीचको खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा हुनेछ ।

खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । चेन्नईको घरेलु मैदान चेपौकमा हालसम्म खेलिएका ६ खेलमध्ये पञ्जावले दुई खेल मात्रै जितेको छ । चेन्नईले चार खेलमा जित हात पारेको छ ।

दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा दुवै टोलीले हार बेहोरेका थिए । चेन्नई राजस्थान रोयल्ससँग ३२ रनले पराजित भएको थियो भने पञ्जावलाई लखनउ सुपर जाइन्ट्सले ५६ रनले हराएको थियो । यस्तै, आजको दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुँदैछन् ।

चेन्नई सुपर किंग्सले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले पाँच जित र तीन खेलमा हार बेहोरेको छ । चेन्नईले आफ्नो पछिल्लो खेल राजस्थान रोयल्ससँग हारेको थियो । सीएसके १० अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।

डेभोन कोनवे, मोइन अली, मथिशा पाथिराना र महिश तिक्षाना पञ्जावविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड र तुषार देशपाण्डे जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

पञ्जाव किंग्सले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले चार जित र चार खेलमा हार बेहोरेको छ । पछिल्लो खेलमा पीबीकेएस लखनउसँग पराजित भएको थियो । पञ्जाव ८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी सिकन्दर राजा, लियाम लिभिङस्टोन, साम करण र कागिसो रबाडा हुन सक्छन् । यी बाहेक शिखर धवन, अर्शदीप सिंह र शाहरुख खानजस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

चेन्नई र पञ्जावबीच अहिलेसम्म कुल २७ खेल खेलिएको छ र यसमा चेन्नईको अग्रता छ । अहिलेसम्म खेलेका खेलमध्ये चेन्नईले १५ खेल जितेको छ भने पञ्जावले १२ खेल जितेको छ ।

चेपौक स्टेडियमको पिचमा स्पिन बलरको प्रभुत्व रहेको छ भने ब्याट्सम्यानलाई यो पिचमा रन बनाउन निकै गाह्रो हुन्छ ।

आइतबार चेन्नईमा मौसम राम्रो हुनेछैन । बादल लाग्नेछ, वर्षाको सम्भावना छ । तापक्रम २७ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तानर विकेटकिपर), ऋतुराज गायकवाड, डेभोन कोनवे, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, मथिशा पाथिराना, तुषार देशपाण्डे, आकाश सिंह र महिश तिक्षाना ।

पञ्जाव किंग्सः शिखर धवन (कप्तान), अथर्व तायडे, सिकन्दर राजा, लियाम लिभिङस्टोन, साम करण, जितेश शर्मा (विकेटकिपर), शाहरुख खान, कागिसो रबाडा, राहुल चाहर, गुरनूर ब्रार र अर्शदीप सिंह ।

अंकतालिकाः