• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

बालाजुमा मृत भेटिइन् वीर अस्पतालकी नर्स



काठमाडौँ । वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा फेला परेकी छन् ।

भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षीया अनुमा श्रेष्ठ बालाजुस्थित डा सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

घटनास्थलमा काठमाडौँ प्रहरी परिसरको टोली पुगेको छ । डा ढकाल काठमाडौँकै एक निजी अस्पतालमा कार्यरत छन् ।

प्रहरीका अनुसार नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको र कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।

अनुमा वीर अस्पतालमा कार्यरत आठौँ तहकी स्थायी नर्सिङ अधिकृत हुन् ।

पछिल्लो केही समययता उनी मानसिक समस्यामा रहेको र औषधि सेवन तथा मनोसामाजिक परामर्शमा पनि रहेको जनाइएको छ ।