२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा नीति तथा कार्यक्रम पेश हुदै, बिपक्षीमा उभिने एमालेको निर्णय



अ+ अ-

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

यस अघि फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वाला सहित १६ जना सांसद सहभागी भएको बैठकले सरकारल ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेका हो । 

बैठक दलको निर्देशन अबज्ञा गर्ने तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने उपस्थित भएका थिएनन् । कर्णाली प्रदेश सरकारले आज नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ । एमाले यो निर्णयपछि नीति तथा कार्यक्रम नै पास हुन्छ हुदैन भन्ने अन्योलता रहेको छ ।