१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा ‘नो पार्किंङ’ मै ‘पार्किंङ’



फाईल फोटो
अ+ अ-

जानकी । नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी र ट्राफिक पोष्ट अगाडिको ‘नो पार्किंङ’ ‘पार्किंङ’ जस्तै देखिन थालेका छन् ।

जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदासमेत प्रहरीले कारबाही गर्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । ‘नो पार्किंङ’ भनेर राखिएको साइनबोर्डलाई वरिपरीबाट घेरेर दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल) पार्किंङ गर्दा पनि प्रहरीले ध्यान दिएको पाइदैन । यतिमात्र होइन जेब्रा क्रसिङमा समेत सवारी साधन रोकिरहेको अवस्थामा पनि ड्युटीमा खटिएका प्रहरी निरीह देखिएको स्थानीयले बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले सवारी साधनको चाप बढी भएको र ट्राफिक जनशक्ति कम भएकाले व्यवस्थापन गर्न गाह्रो भएको जानकारी दिनुभयो । “बाँकेमा ट्राफिक नियमको व्यवस्थापन उचित रुपले हुन नसक्नुमा सवारी साधनको चाप बढी र ट्राफिक प्रहरीको सङ्ख्या कम भएर हो”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज भारतसँग सीमा जोडिएको सहर हो । यहाँ प्राय अटो चालक भारतीय नागरिक रहेको बताइएको छ । उनीहरुलाई ट्राफिक प्रहरीको नियमबारे जानकारी नहुँदा समस्या आएको ट्राफिक प्रहरी नायब निरीक्षक पौडेल बताउनुहुन्छ । उहाँका अनुसार ट्राफिक नियमको उल्घङ्नन अटो चालकबाट हुने गरेको छ ।

उहाँले सवारीसाधान चालक अनुमतिपत्रसमेत नभएको फेला परेपछि प्रहरीले कारबाही गर्ने क्रममा उनीहरुका मालिकबाट दबाबपूर्ण फोन आउने भएकाले पनि ट्राफिक नियम व्यवस्थित हुन नसकेको प्रहरी नायब निरीक्षक पौडलको भनाइ छ । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने बाध्यात्मक अवस्था छ । समग्र जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायको समन्वयमा विशेष रणनीतिका साथ कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।रासस