२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा ‘नो पार्किंङ’ मै ‘पार्किंङ’



फाईल फोटो
अ+ अ-

जानकी । नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी र ट्राफिक पोष्ट अगाडिको ‘नो पार्किंङ’ ‘पार्किंङ’ जस्तै देखिन थालेका छन् ।

जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदासमेत प्रहरीले कारबाही गर्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । ‘नो पार्किंङ’ भनेर राखिएको साइनबोर्डलाई वरिपरीबाट घेरेर दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल) पार्किंङ गर्दा पनि प्रहरीले ध्यान दिएको पाइदैन । यतिमात्र होइन जेब्रा क्रसिङमा समेत सवारी साधन रोकिरहेको अवस्थामा पनि ड्युटीमा खटिएका प्रहरी निरीह देखिएको स्थानीयले बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले सवारी साधनको चाप बढी भएको र ट्राफिक जनशक्ति कम भएकाले व्यवस्थापन गर्न गाह्रो भएको जानकारी दिनुभयो । “बाँकेमा ट्राफिक नियमको व्यवस्थापन उचित रुपले हुन नसक्नुमा सवारी साधनको चाप बढी र ट्राफिक प्रहरीको सङ्ख्या कम भएर हो”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज भारतसँग सीमा जोडिएको सहर हो । यहाँ प्राय अटो चालक भारतीय नागरिक रहेको बताइएको छ । उनीहरुलाई ट्राफिक प्रहरीको नियमबारे जानकारी नहुँदा समस्या आएको ट्राफिक प्रहरी नायब निरीक्षक पौडेल बताउनुहुन्छ । उहाँका अनुसार ट्राफिक नियमको उल्घङ्नन अटो चालकबाट हुने गरेको छ ।

उहाँले सवारीसाधान चालक अनुमतिपत्रसमेत नभएको फेला परेपछि प्रहरीले कारबाही गर्ने क्रममा उनीहरुका मालिकबाट दबाबपूर्ण फोन आउने भएकाले पनि ट्राफिक नियम व्यवस्थित हुन नसकेको प्रहरी नायब निरीक्षक पौडलको भनाइ छ । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने बाध्यात्मक अवस्था छ । समग्र जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायको समन्वयमा विशेष रणनीतिका साथ कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।रासस