३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखको मध्यपहाडी राजमार्गमा कालोपत्रे, आठ स्थानमा काम सञ्चालन



सांकेतिक तस्बिर
अ+ अ-

दैलेख । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटदेखि चक्रता हुँदै रामाघाटसम्मको सडक खण्डमा पहिलो चरणको कालोपत्रेको काम शुरु गरिएको छ । 

मौसमले साथ दिएको खण्डमा यही असारको दोस्रो सातासम्म १० किलोमिटर बढी कालोपत्रे सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ । 

सदरमुकामको पश्चिम रावतकोटदेखि पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरबाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा यो वर्ष मात्रै काम शुरु भएको छ । 

निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेतापश्चात् यही जेठ २५ देखि करीब १६ किलोमिटर सडक खण्ड कालोपत्रेको काम शुरु गरिएको छ । 

गत वर्ष चैत्रदेखि कोरोना सङ्क्रमण बढेपछि काम रोकिएको र यस वर्षको असाढसम्म १० किलोमिटर कालोपत्रे सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । करीब ३१ किलोमिटर सडकमध्ये मनसुन अघि नै १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख डा. अर्जुन बमले बताउनुभयो । सडक निर्माणको सर्वपक्षीय अनुगमन गरिएको छ । कामको प्रगति, गुणस्तरता, आएका समस्याको समाधानका लागि आयोजनाको काम थप प्रभावकारी हुन सहयोग पुग्ने बमको भनाइ छ । 

 सदरमुकामको पूर्वी क्षेत्र लोहोरेदेखि सुयाडा खण्डको १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । देशकै गौरवको आयोजना भएकोले सडक खण्डमा देखिएका समस्याहरुको स्थलगत रुपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो । 

कामको गुणस्तरीयता र सडक क्षेत्रमा बायोइन्जिनियरिङ गर्ने काम प्रभावकारी बनाउनेलगायतका विषयमा स्थलगतरुपमै सुझाव दिइएको उहाँको भनाइ छ । रासस