काठमाडौँ । आइतबार बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानीसमेत परेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने सबै उडान डिले भएका छन् ।
काठमाडौँमा अहिले बादल लाग्नुका साथै पानीसमेत परिरहेको छ । शनिबारदेखि नै सुरु भएको वर्षा केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विमानस्थलले मौसमका कारण विमानस्थलबाट हुने सबै उडान ४५ मिनेट डिले भएको जनाएको छ ।