२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएईबिचको फाइनल खेलमा पानी परे के हुन्छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । सोमबार एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईसँग खेल्नेछ । शनिबार भएको पहिलो सेमिफाइनलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा पनि वर्षा कै कारणले खेल अघि बढ्न नसकेपछि डिएलएस मेथडमा युएईले ओमनलाई २ रनले पराजित गरेको थियो ।

तर, आगमी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एसिसी प्रिमियर कपको फाइनल सोमबारलाई राखिएको छ । वर्षाको कारणले सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार हुनेछ । एसिसीले मंगलबारलाई रिर्जब डे मा राखेको छ ।

तर सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन नसकेमा खेल सुपर ओभरमा जानेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर गरिनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुननसके खेल रद्द भई आइसिसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपको लागि छनोट हुनेछ ।

आइसिसीको ओडिआई वरियतामा नेपाल युएईभन्दा माथि रहेको छ । वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । यस्तो भएका नेपाल स्वतः एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

एसिया कपमा भारत, पाकिस्तान र प्रिमियर कप विजेता समूह ए मा हुनेछन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहनेछन् ।

एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल र युएईले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । यस्तै, तेस्रो स्थानमा रहने टोलीले पनि एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । ओमान र कुवेतले तेस्रो स्थानको लागि प्रतिष्पर्धा गरिरहेका छन् ।