२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएईबिचको फाइनल खेलमा पानी परे के हुन्छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । सोमबार एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईसँग खेल्नेछ । शनिबार भएको पहिलो सेमिफाइनलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा पनि वर्षा कै कारणले खेल अघि बढ्न नसकेपछि डिएलएस मेथडमा युएईले ओमनलाई २ रनले पराजित गरेको थियो ।

तर, आगमी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एसिसी प्रिमियर कपको फाइनल सोमबारलाई राखिएको छ । वर्षाको कारणले सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार हुनेछ । एसिसीले मंगलबारलाई रिर्जब डे मा राखेको छ ।

तर सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन नसकेमा खेल सुपर ओभरमा जानेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर गरिनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुननसके खेल रद्द भई आइसिसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपको लागि छनोट हुनेछ ।

आइसिसीको ओडिआई वरियतामा नेपाल युएईभन्दा माथि रहेको छ । वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । यस्तो भएका नेपाल स्वतः एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

एसिया कपमा भारत, पाकिस्तान र प्रिमियर कप विजेता समूह ए मा हुनेछन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहनेछन् ।

एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल र युएईले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । यस्तै, तेस्रो स्थानमा रहने टोलीले पनि एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । ओमान र कुवेतले तेस्रो स्थानको लागि प्रतिष्पर्धा गरिरहेका छन् ।