६ भाद्र २०८३, शनिबार
,
Latest
अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको सहज जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई फराकिलो जित दिलाउन एन्ड्रीस क्रिस्टेन्सेन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले एक–एक गोल गरे । एक गोल भने बार्सिलोनाले उपहारस्वरुप पाएको थियो । खेलको ८२ औं मिनेटमा बेटिसका गुइडो रोड्रीग्वेजले आत्मघाती गोल गरेका थिए ।

खेलको ३३ औं मिनेटमा इडगार गोन्जालेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै बार्सिलोना ३२ खेलबाट ७९ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । बेटिस समान खेलबाट ४९ अंकका साथ छैटौं स्थानमा छ ।




भर्खरै