२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जेमाले ह्याट्रिक गरे भने एक गोल रोड्रीगोले थपे । अल्मेरियाका लाजारो र लुकास रोवर्टोनले एक–एक गोल फर्काए ।

खेलको ५ औं, १७ औं मिनेटमा तथा ४२ औं (पेनाल्टी)मा गोल गर्दै बेन्जेमाले ह्याट्रिक पूरा गरे । ३२ खेलबाट ६८ अंकका साथ रियल तालिकाको दोस्रो स्थानमा यथावत छ । अल्मेरिया समान खेलबाट ३३ अंकका साथ १५ औं स्थानमा छ ।