• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

रोमाञ्चक खेलमा हैदरावादले दिल्लीलाई ९ रनले हरायो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ४० औं खेलमा सनराइजर्स हैदरावादले दिल्लीलाई ९ रनले पराजित गरेको छ । दिल्लीसँग लगातार ५ पराजयपछि हैदरावादको यो पहिलो जित हो । टोलीले दिल्लीलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो । यो सिजन हैदरावादको तेस्रो जित हो भने दिल्लीको छैटौं हार हो ।

अरुण जेटली रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो । १९८ रनको लक्ष्य पछ्याएको दिल्लीका ब्याट्सम्यानले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सके ।

दिल्ली–हैदरावबदको खेलमा पाहुना टोलीका स्पिनरहरूले फरक पारे । १९८ रनको लक्ष्य पछ्याएको दिल्लीका मिचेल मार्श (३९ बलमा ६३) र फिल साल्ट (३५ बलमा ५९) ले कप्तान वार्नर शून्य रनमा आउट भए पनि दिल्लीलाई बलियो सुरुवात गराए । दुवैले ६६ बलमा ११२ रन जोडे ।

एक समय यो जोडीले हैदरावादलाई पछाडी पार्छ भन्ने लाग्थ्यो, तर हैदरावादका स्पिनरहरूले मार्स(साल्टलाई पेभिलियन मात्रै फर्काएनन्, प्रियम गर्ग (१२ रन)लाई पनि खेल्ने मौका दिएनन् । दिल्लीका ६ मध्ये ४ विकेट स्पिनरले लिए ।

यसअघि हैदरावादले अभिषेक शर्मा (३६ बलमा ६७ रन) र हेनरिक क्लासेन (२७ बलमा ५३) को अर्धशतकीय पारीमा १९७ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो । दिल्लीका मिचेल मार्सले चार विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले एक–एक विकेट लिए ।

खेलको पावरप्लेमा दिल्ली बलियो थियो । शून्यमा कप्तान वार्नरको विकेट गुमाए पनि टोलीले ६ ओभरमा ५७ रन बनाएको थियो भने हैदरावादले ६२ रनमा दुई विकेट गुमाएको थियो ।

पहिलो ओभरमा डेभिड वार्नरको विकेट गुमाएपछि दिल्लीको इनिङ्सलाई मिचेल मार्स र फिलिप साल्टले सम्हालेका थिए । दुवैले ६६ बलमा ११२ रनको साझेदारी गरे । साल्ट ३५ बलमा ५९ रन बनाएर आउट भए र यो साझेदारी टुट्यो । मार्स पनि ३९ बलमा ६५ रन बनाएर आउट भए । प्रियम गर्गले दिल्लीका लागि र अकिल हुसेनले हैदरावादका लागि डेब्यु गरे ।

हैदरावाद ८ खेलबाट ६ अंकका साथ तालिकाको आठौं स्थानमा छ । यस्तै, दिल्ली समान खेलबाट ४ अंकका साथ १० औं (पुछारमा) छ ।