१७ भाद्र २०८३, बुधबार
,
Latest
धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा हैदरावादले दिल्लीलाई ९ रनले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ४० औं खेलमा सनराइजर्स हैदरावादले दिल्लीलाई ९ रनले पराजित गरेको छ । दिल्लीसँग लगातार ५ पराजयपछि हैदरावादको यो पहिलो जित हो । टोलीले दिल्लीलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो । यो सिजन हैदरावादको तेस्रो जित हो भने दिल्लीको छैटौं हार हो ।

अरुण जेटली रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो । १९८ रनको लक्ष्य पछ्याएको दिल्लीका ब्याट्सम्यानले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सके ।

दिल्ली–हैदरावबदको खेलमा पाहुना टोलीका स्पिनरहरूले फरक पारे । १९८ रनको लक्ष्य पछ्याएको दिल्लीका मिचेल मार्श (३९ बलमा ६३) र फिल साल्ट (३५ बलमा ५९) ले कप्तान वार्नर शून्य रनमा आउट भए पनि दिल्लीलाई बलियो सुरुवात गराए । दुवैले ६६ बलमा ११२ रन जोडे ।

एक समय यो जोडीले हैदरावादलाई पछाडी पार्छ भन्ने लाग्थ्यो, तर हैदरावादका स्पिनरहरूले मार्स(साल्टलाई पेभिलियन मात्रै फर्काएनन्, प्रियम गर्ग (१२ रन)लाई पनि खेल्ने मौका दिएनन् । दिल्लीका ६ मध्ये ४ विकेट स्पिनरले लिए ।

यसअघि हैदरावादले अभिषेक शर्मा (३६ बलमा ६७ रन) र हेनरिक क्लासेन (२७ बलमा ५३) को अर्धशतकीय पारीमा १९७ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो । दिल्लीका मिचेल मार्सले चार विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले एक–एक विकेट लिए ।

खेलको पावरप्लेमा दिल्ली बलियो थियो । शून्यमा कप्तान वार्नरको विकेट गुमाए पनि टोलीले ६ ओभरमा ५७ रन बनाएको थियो भने हैदरावादले ६२ रनमा दुई विकेट गुमाएको थियो ।

पहिलो ओभरमा डेभिड वार्नरको विकेट गुमाएपछि दिल्लीको इनिङ्सलाई मिचेल मार्स र फिलिप साल्टले सम्हालेका थिए । दुवैले ६६ बलमा ११२ रनको साझेदारी गरे । साल्ट ३५ बलमा ५९ रन बनाएर आउट भए र यो साझेदारी टुट्यो । मार्स पनि ३९ बलमा ६५ रन बनाएर आउट भए । प्रियम गर्गले दिल्लीका लागि र अकिल हुसेनले हैदरावादका लागि डेब्यु गरे ।

हैदरावाद ८ खेलबाट ६ अंकका साथ तालिकाको आठौं स्थानमा छ । यस्तै, दिल्ली समान खेलबाट ४ अंकका साथ १० औं (पुछारमा) छ ।