२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमीकस क्युरीका लागि कोमल प्रकाश घिमिरे र प्रकाश केसी सिफारिस



अ+ अ-

 काठमाडौ । प्रतिनिधि सभा विघटनको मुद्दामा भै रहेको सुनुवाईमा  सर्वोच्च अदालतमा दुई बरिष्ठ अधिवक्ता एमीकस क्युरीका लागि सिफरिस हुनु भएको छ ।  

सर्वोच्च अदालत बार एशोसिएशन कार्यसमितिको मंगलबार  बसेको बैठकद्धारा बरिष्ठ अधिवक्ताद्धय कोमल प्रकाश घिमिरे र प्रकाश केसीलाई प्रतिनिधि सभा विघटनको मुद्दामा सम्मानीत सर्वोच्च अदालतमा एमीकस क्युरी नियुक्त गरिएको कार्यसमिति सदस्य अनन्तराज लुईटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यसमितिको बैठकद्धारा सर्वसम्मत निर्णयबाट छानिनु भएका बरिष्ठद्धयबाट सम्मानीत सर्वोच्च अदालतलाई मुद्दामा अपेक्षाकृत सहयोग पुग्ने र सर्वोच्च अदालत बार एशोसिएशनको गरीमा अभिवृद्धि हुने छ ।