• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु ★   न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

कीर्तिपुरमा क्रिकेटको क्रेज -फोटो फिचर



काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सनिबार दर्शकको खचाखच उपस्थिती थियो । घरेलु टोली नेपाललाई साथ र समर्थन दिन उल्लेख्य रुपमा दर्शक उपस्थित भएका हुन् ।

नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तरगत नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल हेर्न उल्लेख्य रुपमा दर्शक उपस्थित भएका हुन् । सो खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो ।

जितका लागि दुई सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले आठ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । वर्षाका कारण सुपरओभर पनि हुन सकेन र नेपाल समूह विजेताका आधारमा फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल खेलेका थिए ।

कुवेतका ओपनर आदनान इद्रिस शून्यमा बाहिरए भने रविजा सनदरुवानले नौ रन बनाए । परविन्दर कुमार एक, मित भावसार पाँच र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रनका बनाए । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक–एक विकेट लिए । त्यसअघि ५० ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो ।

अब नेपालले फाइनलमा युएईसँग खेल्नेछ । युएईले ओमानलाई डिएल पद्धतिका आधारमा दुई रनले पराजित गर्दै विजयी भएको हो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि भोलि खेल्नेछन् ।

फोटो- क्यान