५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिको लागि नेपाल र युएई भिड्ने भएको छ ।

पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा पनि वर्षा कै कारणले खेल अघि बढ्न नसकेपछि डिएलएस मेथडमा युएईले ओमनलाई २ रनले पराजित गरेको छ । यससँगै उपाधिको लागि नेपाल र युएई भिड्ने भएका हुन् ।

पहिलो सेमिफाइनलमा जितको लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि सम्भव नभएपछि खेललाई रद्द गरिएको थियो । खेल हुन नसकेपछि समूह ए को विजेता नेपाल सिँधै फाइनलमा पुगेको थियो।

दोस्रो सेमिफाइनल खेलमा युएईले ओमानलाई जितको लागि २३७ रनको लक्ष्य दिएको थियो । तर, भारी वर्षाको कारण ४३ ओभरबाट उता खेल हुन नसकेपछि डिएलएस मेथडमा ओमाने २ रनले पराजित हुन पुग्यो ।

अब उपाधिको लागि नेपाल र युएईले सोमबार हुनेछ । यस्तै, ओमान र कुवेतले पनि तेस्रो स्थानको लागि भोलि खेल्नेछन् । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।




भर्खरै