२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिको लागि नेपाल र युएई भिड्ने भएको छ ।

पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा पनि वर्षा कै कारणले खेल अघि बढ्न नसकेपछि डिएलएस मेथडमा युएईले ओमनलाई २ रनले पराजित गरेको छ । यससँगै उपाधिको लागि नेपाल र युएई भिड्ने भएका हुन् ।

पहिलो सेमिफाइनलमा जितको लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि सम्भव नभएपछि खेललाई रद्द गरिएको थियो । खेल हुन नसकेपछि समूह ए को विजेता नेपाल सिँधै फाइनलमा पुगेको थियो।

दोस्रो सेमिफाइनल खेलमा युएईले ओमानलाई जितको लागि २३७ रनको लक्ष्य दिएको थियो । तर, भारी वर्षाको कारण ४३ ओभरबाट उता खेल हुन नसकेपछि डिएलएस मेथडमा ओमाने २ रनले पराजित हुन पुग्यो ।

अब उपाधिको लागि नेपाल र युएईले सोमबार हुनेछ । यस्तै, ओमान र कुवेतले पनि तेस्रो स्थानको लागि भोलि खेल्नेछन् । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।