५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल रद्द भएसँगै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । कुवेतसँगको खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि सम्भव नभएपछि खेललाई रद्द गरिएको हो ।

नेपाल समूह ए को विजेता नेपाल र कुवेत समूह बी को उपविजेता भई सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि समूह विजेता नेपाल सिँधै फाइनलमा पुगेको हो ।

कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए ।

नेपालका करण केसीले ४.३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले खेललाई प्रभावित गरेपछि ४२ ओभरमा घटाइएको थियो ।

नेपालको विशाल योगफलको लागि कप्तान रोहित पौडेलले उनले ९५ बलमा ७ चौका र तीन छक्कको सहयोगमा ९४ रन बनाए । सोमपाल कामि १३ रन बनाएर नटआउट रहे ।

कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए । उनी कुवेतका साहिव मोनिदको बलमा आउट हुन पुगे ।

नेपालका ओपनर कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । उनी स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट हुन पुगे। यस्तै, अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए । आसिफ र भुर्तेलले ७७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

आरीफ शेख १९ रन बनाएर रनआउट हुदा भीम सार्की एक रनमा क्याच आउट भए ।

कुवेतका मोहम्मद असलाम र अदनानले समान तीन विकेट लिए । यस्तै, यासिन पटेल र सायन मोनिबले समान एक एक विकेट लिए ।

फाइनल सोमबार हुनेछ । नेपालले युएई र ओमानबीचको विजेता टोलीसँग फाइनल खेल खेल्नेछ । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।




भर्खरै