२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल रद्द भएसँगै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । कुवेतसँगको खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि सम्भव नभएपछि खेललाई रद्द गरिएको हो ।

नेपाल समूह ए को विजेता नेपाल र कुवेत समूह बी को उपविजेता भई सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि समूह विजेता नेपाल सिँधै फाइनलमा पुगेको हो ।

कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए ।

नेपालका करण केसीले ४.३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले खेललाई प्रभावित गरेपछि ४२ ओभरमा घटाइएको थियो ।

नेपालको विशाल योगफलको लागि कप्तान रोहित पौडेलले उनले ९५ बलमा ७ चौका र तीन छक्कको सहयोगमा ९४ रन बनाए । सोमपाल कामि १३ रन बनाएर नटआउट रहे ।

कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाउदै आउट भए । उनी कुवेतका साहिव मोनिदको बलमा आउट हुन पुगे ।

नेपालका ओपनर कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । उनी स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट हुन पुगे। यस्तै, अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए । आसिफ र भुर्तेलले ७७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

आरीफ शेख १९ रन बनाएर रनआउट हुदा भीम सार्की एक रनमा क्याच आउट भए ।

कुवेतका मोहम्मद असलाम र अदनानले समान तीन विकेट लिए । यस्तै, यासिन पटेल र सायन मोनिबले समान एक एक विकेट लिए ।

फाइनल सोमबार हुनेछ । नेपालले युएई र ओमानबीचको विजेता टोलीसँग फाइनल खेल खेल्नेछ । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।