२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारणले खेल रद्द भए नेपाल सिधै फाइनलमा पुग्ने



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको नेपाल र कुवेतबिचको सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ । जितको लागि २ सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा भारी वर्षा हुँदा खेल रोकिएको हो ।

यस खेल वर्षाको कारण रद्द भएपनि नेपाल फाइनलमा पुग्ने भएको छ ।

खेलको लागि ५ः २४ सम्ममा कट अफ टाइम तोकिएको छ । सो समयमा खेल सकि सक्नु पर्नेहुन्छ । डकवर्थ लेविस पद्धति ( डिएलएस) को आधारमा पनि नजिता निकाल्न अझै १२ ओभर खेल्नुपर्ने हुन्छ। तर टियुमा भारी वर्षा सुरु भएसँगै खेल अन्योलमा परेको छ ।

साढे चार बजेसम्म खेल सुरु नभएमा बाँकी १२ ओभर खेल हुने सम्भावना देखिदैन । खेल हुन नसकेमा सुपर हुनुपर्छ । सुपर ओभर पनि पाँच बजेभित्र हुन सकेन भने नेपाल समूह विजेता भएकोले सिधै फाइनलमा पुग्नेछ । टियुमा भारी वर्षा हुँदा खेल हुने सम्भावना कम देखिन्छ । त्यसैले नेपाल फाइनलमा पुग्ने उच्च सम्भावना रहेको छ ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा पहिलो सफलता दिलाएका थिए । ओपनर आदनान इद्रिस एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले अर्का ओपनर परविन्दर कुमारलाई एक रनमा एलबीडब्लू आउट गरे । करण केसीको तेस्रो ओभरको चौथो बलमा मिडअनमा ललित नारायण राजवंशीले एक हातले उत्कृष्ट क्याच लिएपछि कुवेत ११–३ को दयनीय अवस्थामा पुगेको थियो ।

करण केसीले ४.३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिएका छन् । उनले पाँचौं ओभरको पाँचौं बलमा ओपनर रविजा सनदरुवान डीप स्क्वायर लेगमा दीपेन्द्रसिंह ऐरीबाट ९ रनमा क्याच आउट गराए । करणले नै शिराज खानलाई ३ रनमा क्याच गराएपछि कुवेत ६.३ ओभरमा २२-५ को दयनीय अवस्थामा पुगेको थियो । कप्तान मोहम्मद अस्लामलाई १४ रनमा क्याच गराउँदै करणले ब्यक्तिगत पाँच विकेट पूरा गरेका छन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । वर्षाको कारण ओभर ८–८ घटाइएको थियो ।