२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङको चामेमा बाढीले ६ घर बगायो



अ+ अ-

मनाङ । जिल्लाको दुई खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । 

प्रहरीका अनुसार बजारका उक्त बाढीले अरु थुप्रै पसल पनि बगाएको छ ।

बासिन्दालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको नभएको बताइएको छ ।

बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताइएको छ । लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । 

उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।