एजेन्सी । भारतमा कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाएका एक जनाको मृत्यु भएको छ ।
भ्याक्सिनकै कारण भारतमा मृत्यु भएको यो पहिलो घटना रहेको छ ।
कोरोनाभाइरसकै कारण भएको साइड इफेक्टले यी व्यक्तिको ज्यान गएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।
भ्याक्सिन लगाउने ती व्यक्ति ६८ वर्षीय रहेका छन् । उनलाई एनाफिलाक्सिस भएको र त्यसैका कारण उनको कोरोना भ्याक्सिन लगाउने वित्तिकै निधन भएको भारतीय मिडियाले जनाएको छ ।
योसँगै भारतीय वैज्ञानिकहरुले अब भ्याक्सिन लगाएपछि कम्तिमा पनि आधा घन्टा खोप केन्द्रमा नै बस्न भनेका छन् ।