२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भ्याक्सिनका कारण पहिलोपटक एक जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतमा कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाएका एक जनाको मृत्यु भएको छ । 

भ्याक्सिनकै कारण भारतमा मृत्यु भएको यो पहिलो घटना रहेको छ । 

कोरोनाभाइरसकै कारण भएको साइड इफेक्टले यी व्यक्तिको ज्यान गएको भारतीय मिडियामा उल्लेख गरिएको छ । 

भ्याक्सिन लगाउने ती व्यक्ति ६८ वर्षीय रहेका छन् । उनलाई एनाफिलाक्सिस भएको र त्यसैका कारण उनको कोरोना भ्याक्सिन लगाउने वित्तिकै निधन भएको भारतीय मिडियाले जनाएको छ । 

योसँगै भारतीय वैज्ञानिकहरुले अब भ्याक्सिन लगाएपछि कम्तिमा पनि आधा घन्टा खोप केन्द्रमा नै बस्न भनेका छन् ।