५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षाले रोकिएको नेपाल र कुवेतको खेल सुरु हुँदै



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत बर्षाको कारणले रोकिएको सेमिफाइनल पुनः सुरु हुन लागेको छ ।

टियू मैदान आसपास क्षेत्रमा आकाश खुल्दै गएपछि खेललाई पुनः सुचारु गर्न लागेको हो ।

सेमिफाइनलअन्तर्गत जारी नेपाल र कुवेतको खेल बर्षा बाधक बनेपछि रोकिएको थियो ।तर, अहिले मैदान ढाकिएको कभर हटाउन थालिएको छ । मैदानमा घामको पुनः स्पर्श भएपछि समर्थकहरु उत्साहित बनेका छन् ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् ।रोहितले ४० बलमा २ चौकासहित ३० रन बनाएका छन् भने कुशलले ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाएका छन् । चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् ।

नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाएको छ ।