२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको राम्रो सुरुवात



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरुद्ध टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख मैदानमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनीहरुले ३१ बलमा ५० रनको साझेदारी गरिसकेका छन् । कुशलले २७ बलमा ६ चौका र १ छक्कासहित ३७ रन बनाएका छन् ।

यस्तै, आसिफले १५ बलमा एक चौका र २ छक्काको सहयोगमा २१ रन बनाएका छन् ।

ताजा स्थितीमा नेपालले ७ ओभरमा ६० रन बनााएको छ ।

नेपालको प्लेइङ ११ः

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी