काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले माओवादीका अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय उचित नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको अर्थतन्त्र कमजोर भइरहेको बेलामा अयोग्य लडाकुको नाममा पैसा बाँड्न बन्द गर्नुपर्ने बताएका हुन् ।
‘सबै देशका नागरिकहरु योग्य छन् । अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने सरकारले निर्णय गरोस्रु अयोग्यलाई होइन योग्यलाई पनि निर्णय गरोस् ’, उनले भने ।