१५ भाद्र २०८३, सोमबार
,
Latest
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन कार्की स्टारर चलचित्र ‘प्रसाद २’ आजबाट हलमा



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘पसाद २’ आजबाट देशभर प्रदर्शनमा आउँदैछ । अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘प्रसाद २’ आजबाट प्रदर्शनमा आउन लागेको हो ।

यसअघि चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्मको आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगेपछि प्रदर्शन रोकिएको थियो । निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाबिरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो ।

तर, उच्च अदालत पाटनले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको थियो ।

कलात्मक पक्ष सशक्त रहेको चलचित्र ‘प्रसाद २’ को सार्वजनिक प्रचार सामग्रीले व्यावसायिक पाटोलाई उत्तिकै सवाल रूपमा उजागर गरेको छ । राजनीतिक र सामाजिक कथाको फिल्म ‘प्रसाद २’ मा विपिन र केकीसँगै अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा राजेश श्रेष्ठको छायाकंन, राजनराज सिवाकोटीको संगीत र सुशील पौडेलको लेखन रहेको छ । फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।