![](https://newspolar.com/wp-content/uploads/2023/04/340413632_682182310256648_6589648802675166072_n.jpg)
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् ।
नेता पाण्डेलाई कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन रहेको छ ।