३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले लज्जास्पद ब्याटिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो ।

नेपालको अन्तिम विकेटमा ललीत आउट हुन पुगे । २८ औ ओभरमा १११–९ को स्थितीलाई सन्दीप लामिछाने र ललीत राजवंशीको उत्कृष्ट साझेदारीमा नेपालले १५७ रन बनाउन सक्यो । सन्दीप ५८ बलमा ४८ रन बनाउदै नटआउट रहे ।

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो ।कतारका तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा शट खेल्ने चक्करमा कुशल खुराम शाहजादको हातमा थामिन पुगे ।

यस्तै, मुनाविराको चौथो ओभरको तेस्रो बलमा भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भए । ओपनर आसिफ शेख पनि तीव्र गतिका बलर इक्रमउल्लाह खानको १३ औं ओभरको चौथो बलमा १९ रन बनाएर मोहम्मद तनविरबाट क्याच आउट भएका थिए । आसिफले २७ बलमा २ चौका प्रहार गरेका थिए ।

नेपालले आसिफलाई गुमाएपछि ब्याटिङमा सोमपाललाई पठाएको थियो । कप्तान रोहित पौडेल ३६ बलमा २ चौकासहित २७ रनमा आउट हुँदै पेभेलिएन फर्किए । रोहित स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा विकेटकिपरबाट क्याच आउट भए।

यसअघि ओमानविरुद्ध ५९ बलमै शतक बनाएका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल संकटमा पुगेको छ । कुशल स्पिनर क्वाइस अहमदको १८ औं ओभरको पहिलो बलमा ३ रन बनाएर आउट भएका थिए।

सोमपाल कामी ११ रनमा क्याच आउट हुँदा नेपाल २१ ओभरमा ८४–६ को दयनीय अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र आरिफले १८ रनको साझेदोरी गरेका थिए ।

यस्तै, आरिफ शेख आमिर फारुकको २७ औं ओभरको दोस्रो बलमा ११ रनमा क्याच आउट भएपछि नेपाल १०२–७ को दयनीय अवस्थामा पुगेको थियो । आमिरकै बलमा दीपेन्द्र १२ रनमा क्याच आउट भए ।

त्यसैगरी, गुल्शन झा २७ औं ओभरको अन्तिम बलमा क्वाइस अहमदको बलमा आउट भए । उनी ९ बलमा ७ रन बनाउदै आउट भए ।

कतारका क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । आमिर फारुकले चार विकेट लिदा मुनाविराले २ विकेट लिए भने इक्रमउल्लाह खानले एक विकेट लिए ।