२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको खराब प्रदर्शनः २१ ओभरमा ६ विकेट गुमाउदै ८४ रन बनायो



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले छ विकेट गुमाएको छ । अमिर फरुकले सोमपाल कामिलाई आउट गर्दै कतारलाई छैठौँ सफलता दिलाए ।

यसअघि कतारका ओआसिस अहमदले कुशल मल्ललाई आउट गरेका थिए । कुशल ५ बलमा ३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल पनि ३६ बलमा २७ रन बनाएर ओआसिस कै बलमा आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले कतारसँग ब्याटिङमा संर्घष गरिरहेको छ ।

ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा गुमाउँदै खराब सुरुआत गरेको नेपालले ३.३ ओभरमा दोस्रो विकेट गुमायो । कतारलाई दोस्रो विकेट दिने क्रममा भिम सार्की इक्रामुल्लाह खानको बलमा आउट भए ।

आसिफ शेख २७ बल खेल्दा १९ रन बनाएर पभेलियन फर्किए ।

अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र आरी शेखफ रहेकाम छन् । ताजा स्थितीमा नेपालले ६ विकेट गुमाएर ८४ रन बनाएको छ ।