२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको खराब प्रदर्शनः २१ ओभरमा ६ विकेट गुमाउदै ८४ रन बनायो



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले छ विकेट गुमाएको छ । अमिर फरुकले सोमपाल कामिलाई आउट गर्दै कतारलाई छैठौँ सफलता दिलाए ।

यसअघि कतारका ओआसिस अहमदले कुशल मल्ललाई आउट गरेका थिए । कुशल ५ बलमा ३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल पनि ३६ बलमा २७ रन बनाएर ओआसिस कै बलमा आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले कतारसँग ब्याटिङमा संर्घष गरिरहेको छ ।

ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा गुमाउँदै खराब सुरुआत गरेको नेपालले ३.३ ओभरमा दोस्रो विकेट गुमायो । कतारलाई दोस्रो विकेट दिने क्रममा भिम सार्की इक्रामुल्लाह खानको बलमा आउट भए ।

आसिफ शेख २७ बल खेल्दा १९ रन बनाएर पभेलियन फर्किए ।

अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र आरी शेखफ रहेकाम छन् । ताजा स्थितीमा नेपालले ६ विकेट गुमाएर ८४ रन बनाएको छ ।