२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनलाई ८ विकेटले हराउँदै युएई सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा बहराइनलाई ८ विकेटले हराउँदै युएईले सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी मा रहेको युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

बहराइनले दिएको १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको युएईले २७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा युवा खेलाडी वृत्य अरविन्द र रोहन मुस्तफाले अर्धशतक प्रहार गरे । मुस्तफा ५० रन र वृत्य ६२ रनमा अविजित रहे ।

मुस्तफा र अरविन्दले ९९ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । कप्तान मोहम्मद वासिम १ र आर्यन लाक्रा ५ रनमा आउट भए ।

बहराइनका स्पिनर अब्दुल मजिदले १० ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ४०.५ ओभरमा १ सय १६ रनमा अल आउट भयो। एक समय ८०–९ को दयनिय अवस्थामा पुगेको बहराइनलाई अली दाउद र वासिक अहमदले ३६ रनको साझेदारी गर्दै एक सय रनको योगफल बनाएको थियो ।

बहराइनका अली दाउद ४७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे । कप्तान हैदर अली बटले ४९ बलमा ४ चौकासहित २३ रन बनाउदा वासिक अहमद १२ रनमा आउट भएका थिए । बहराइनका अन्य खेलाडिका प्रदर्शन भने राम्रो थिएन।

युएईका स्पिनर आयन खानले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिएका थिए । उनले ६० बलमा ५५ डट बल फ्याकेका थिए । रोहन मुस्तफाले १० ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । यस्तै, कार्तिक मयाप्पनले पनि १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जहुर खानले एक विकेट लिएका थिए ।