२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनलाई ८ विकेटले हराउँदै युएई सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा बहराइनलाई ८ विकेटले हराउँदै युएईले सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी मा रहेको युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

बहराइनले दिएको १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको युएईले २७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा युवा खेलाडी वृत्य अरविन्द र रोहन मुस्तफाले अर्धशतक प्रहार गरे । मुस्तफा ५० रन र वृत्य ६२ रनमा अविजित रहे ।

मुस्तफा र अरविन्दले ९९ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । कप्तान मोहम्मद वासिम १ र आर्यन लाक्रा ५ रनमा आउट भए ।

बहराइनका स्पिनर अब्दुल मजिदले १० ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ४०.५ ओभरमा १ सय १६ रनमा अल आउट भयो। एक समय ८०–९ को दयनिय अवस्थामा पुगेको बहराइनलाई अली दाउद र वासिक अहमदले ३६ रनको साझेदारी गर्दै एक सय रनको योगफल बनाएको थियो ।

बहराइनका अली दाउद ४७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे । कप्तान हैदर अली बटले ४९ बलमा ४ चौकासहित २३ रन बनाउदा वासिक अहमद १२ रनमा आउट भएका थिए । बहराइनका अन्य खेलाडिका प्रदर्शन भने राम्रो थिएन।

युएईका स्पिनर आयन खानले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिएका थिए । उनले ६० बलमा ५५ डट बल फ्याकेका थिए । रोहन मुस्तफाले १० ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । यस्तै, कार्तिक मयाप्पनले पनि १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जहुर खानले एक विकेट लिएका थिए ।