२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेमिफाइनलको लागि ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरे ।

ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे ।

अहिले जवाफि ब्याटिङ गरिरहेको साउदीले १५ ओभरमा एक विकेटको क्षतिमा ९८ रन बनाएको छ । साउदीका जिसनले अर्धशतक बनाएका छन् ।

यस खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् ।