![](https://newspolar.com/wp-content/uploads/2022/03/Today_Gold_lm98WOBpXh.jpg)
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ ।
आज छापावाल सुन प्रतितोला २ सय रूपैयाँ बढेर १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन उक्त सुन तोलामा १ लाख ९ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार उक्त सुनलाई १ लाख ९ हजार रूपैयाँ तोकिएको थियो ।
त्यसैगरी, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।