३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची आयोजनाका कामदार बस्ने क्याम्प बाढीले बगायो, कैयौँ बेपत्ताको आशंका



अ+ अ-

काठमाडौं । गए रातिदेखिको आएको वर्षा र त्यसपछिको बाढीले मेलम्ची खानेपानी आयोजनाक मजदुरहरु बस्ने क्याम्प नै बगाएको बताइएको छ । यसबाट त्यहाँ ठूलो क्षति पुगेको अनुमान गरिएको छ । आयोजनाको संरचना सुरक्षित नै रहे पनि मानवीय क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सो क्याम्प सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका,१ आम्बाथाङमा रहेको थियो । त्यो क्याम्प मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको थियो । सो क्याम्प नै बाढीले बगाएको एक स्थानीयले जानकारी दिएका छन् । 

उनका अनुसार खानेपानी आयोजनाको संरचनामा अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित देखिन्छ तर हेडवर्क्सभन्दा तल रहेको लेभर क्याम्प भने बगाएको छ ।

सो क्याम्पमा निर्माण काममा रहेका कामदारहरू बस्ने गरेका थिए । बाढीले क्याम्प बगाएपछि त्यहाँका कामदारको अवस्थाबारे जानकारी आइसकेको छैन ।  क्याम्पभित्र पनि केही व्यक्तिको मृत्यु भएको हुनसक्ने र अरु कैयौँलाई बाढीले बगाएर लगेको हुनसक्ने अनुमान स्थनीयले गरेका छन् । 

खानेपानीको मुहानको गेट बन्द गरिएकाले खानेपानीको सुरुङ सुरक्षित रहेको बताइएको छ । अहिले सो क्षेत्रको सडक अवरुद्ध छ । त्यसका कारण उक्त स्थानमा जान सम्भव भएको छैन ।